Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने

तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने

काठमाडौँ  : हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भ(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी  भूभागको मौसम मुख्यतया सफा रहने छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij