काठमाडौं : प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मालाई नियुक्त्त गरिएको छ। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको रहने छ।
बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन्। बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij