Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

२ दिनमा प्रतितोला ५३ हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो

२ दिनमा प्रतितोला ५३ हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो

काठमाडौँ : सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।

मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैयाँ पुगेको हो ।
 
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट