Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साफ यु–१९ महिला फुटबल, नेपालको पहिलो जित

साफ यु–१९ महिला फुटबल, नेपालको पहिलो जित

काठमाडौं : साफ महिला यू-१९ च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ।पोखरा रंगाशलामा सोमबार भएको खेलमा नेपाली महिला टोलीले भुटानलाई २(१ ले हराउँदै जित हात पारेको हो। खेलमा सुरुआतबाट पकड बनाएको नेपालले ३६औं मिनेटमा सिर्जना बडुवालको गोलमार्फत ब्रेकथ्रु पायो।

पहिलो हाफको इन्जुरी समयमा नेपालकी कप्तान सुशिला केसीको प्रहार भुटानकी गोलरक्षक सोनाम छोडेनले विफल पारिन्। 

पहिलो हाफमा १-० को अग्रता बनाएको सुमन श्रेष्ठको टोलीले दोस्रो हाफमा थप एक गोल गर्यो। ६९औं मिनेटमा नेपालले प्रतिज्ञा राईमार्फत दोस्रो सफलता हात पार्यो।

स्ट्राइकर वर्षा ओलीको कटब्याकमा प्रतिज्ञाले दोस्रो गोल गरेकी हुन्। भुटानले २-० ले पछि परेको अवस्थामा एक गोल फर्कायो। इन्जुरी समय सकिन ३ मिनेट बाँकी रहँदा भुटानकी सोनाम छोडेनले गोल गर्दै कमब्याको प्रयास गरेकी थिइन्।

अब नेपालले लिगको अन्तिम तथा निर्णायक खेलमा बुधबार बंगलादेशको सामना गर्नेछ। च्याम्पियनसिपको पहिलो खेलमा भारत विरूद्ध हार व्यहोरेको नेपालले दोस्रो खेलमा आएर जित हात पारेको हो।

सोमबार भएको अर्को खेलमा भने भारतलाई बंगलादेशले हराएको छ। बंगलादेशका लागि अल्पी अख्तर र अरपिता विश्वासले गोल गरिन्। बंगलादेशले २(० को जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट