Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ट्वान्टी ट्वान्टी विश्वकप पाकिस्तानले भारतसँग नखेल्ने

ट्वान्टी ट्वान्टी विश्वकप पाकिस्तानले भारतसँग नखेल्ने

काठमाडौ‌ : पाकिस्तानी सरकारले आफ्नो राष्ट्रिय टिमलाई आइतबार ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमति दिएको छ। तर सरकारले टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ।भारतले फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता श्रीलंकासँग मिलेर सहआयोजना गर्दैछ। दुई छिमेकी देश भारत र पाकिस्तान अबको विश्वकपमा एउटै समूह ए मा रहेका छन्।

पाकिस्तानी सरकारले भनेको छ, ‘पाकिस्तानी सरकारले पाकिस्तानी क्रिकेट टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा सहभागिताका लागि अनुमति दिन्छ। तर भारतविरुद्ध फेब्रुअरी १५ हुने भनिएको खेलमा सहभागिता जनाउने छैन।’

पाकिस्तानी सरकारको यो निर्णयपछि अबको विश्वकप थप विवाद र अन्योलतामा परेको छ। दक्षिण एसियाली भूराजनीतिका कारण विश्वकप बहिस्कारदेखि टिम निष्कासनसम्ममा परेको हो। यसअघि सुरक्षाको कारण देखाएर बंगलादेशले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो।

बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले त्यसलाई स्वीकार गरेन र बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट