Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

साम्राज्ञी बनिन् १८ औँ मिस तामाङ

साम्राज्ञी बनिन् १८ औँ मिस तामाङ

काठमाडौँ : काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको ताज पहिरेकी छिन्। शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज पहिरिन सफल भएकी हुन्।

विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन्। मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन्।निर्णायकमा निर्णायक वरिष्ठ संगीतकार प्रदिप बमजन, पूर्व मिस तामाङ सफलता थिङ, शेषराज भट्टराईलगायत थिए। प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बनिन् भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बनिन्। त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बनिन्। 

फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पूजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट