Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामनामा AI–X-Ray एक्स रे द्वारा क्षयरोग खोज पड्ताल क्याम्प र नसर्ने रोग परिक्षण

इच्छाकामनामा AI–X-Ray एक्स रे द्वारा क्षयरोग खोज पड्ताल क्याम्प र नसर्ने रोग परिक्षण

इच्छाकामना,१७ माघ । चितवनको इच्छाकामना गाउँपालिका र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को संयुक्त आयोजना तथा जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा बिशेषज्ञ चिकित्सक सहित तीन दिने  AI–X–Ray एक्स रे द्वारा क्षयरोग खोजपड्ताल क्याम्प र नसर्ने रोग परिक्षण स्क्रिनिङ अभियान सम्पन्न भएको छ । यहि माघ १५ गतेदेखि १७ गते सम्म गाउँपालिकाको  काउले स्वास्थ्यचौकी, चण्डीभञ्ज्याङ्ग स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाई मायाटारमा अभियान सम्पन्न भएको हो । 
 सो अभियानमा  छातीको  एक्स रे १ हजार २ जना ,खकार संकलन ६२ जना, सुगर जाँच ८ सय ३५,पिसा जाँच ३ सय ७५,रक्तचाप (ब्लड प्रेसर) ९ सय ४५ र तौल र उचाईको अनुपात (BMI) ६ सय २८ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार २२ जनामा  क्षयरोग पोजेटिभ देखिएको छ र ति बिरामिहरुलाइ तत्कालै  उपचार सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij