Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन १ मा अनेम संघको भेला,बिकासको बांकी काम पूरा गर्छु - उम्मेदवार लामा

चितवन १ मा अनेम संघको भेला,बिकासको बांकी काम पूरा गर्छु - उम्मेदवार लामा

चितवन  : चितवन क्षेत्र नम्बर १ मा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीको बैठक बस्नुका साथै निर्वाचन प्रचार‌प्रसार समितिको घोषणा गरिएको छ ।

 

महिला परिचालन क्षेत्र न १ प्रतिनिधि सभा निर्वाचनका निर्वाचन संयोजक लक्ष्मीकुमारी पोखेलको अध्यक्षता तथा पूर्व केन्द्रिय कमिटि सदस्य नेकपा (एमाले) तथा अनेमसंघ इन्चार्ज सीता पौडलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया ,एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दावा दोर्जे लामाको बिशिस्ट आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले चितवन एकमा एमालेको बिरासत जोगाउने गरि निर्वाचनमा होमिन आग्रह गरे । चितवन १ मा बिगतमा एमालेबाट निर्वाचित सांसदबाट भएका कामको प्रचार गर्न आग्रह गर्दै उम्मेदवार लामाले बांकी रहेका काम आफुले पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट