Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल क्रेट उत्पादक संघको १४औँ साधारणसभा सम्पन्न

नेपाल क्रेट उत्पादक संघको १४औँ साधारणसभा सम्पन्न

दयानिधि अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध

चितवन, भरतपुर : नेपाल क्रेट उत्पादक संघको १४औँ साधारणसभा तथा ४औँ अधिवेशन आज भरतपुरमा सम्पन्न भएको छ। अधिवेशनबाट दयानिधि अर्याल (DN) को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ।

 

नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लेखनाथ शर्मा (स्याङ्जा), राकेश सुवाल (भक्तपुर) र देवेन्द्र वर्तौला (हेटौंडा) चयन हुनुभएको छ। सचिवमा खेम कुमार अर्याल (चितवन) तथा कोषाध्यक्षमा केशव रिमाल (नवलपुर) निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ सदस्यमा महेन्द्र वानिया (चितवन) तथा सदस्यहरूमा नन्दु कुमार चौधरी र अप्सरा वाग्ले (चितवन) रहनु भएको छ।

 

कार्यक्रम निवर्तमान अध्यक्ष श्री दण्डपाणि भट्टज्यूको सभापतित्वमा सम्पन्न भएको थियो भने उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

 

साधारणसभामा उपाध्यक्ष लेखनाथ शर्मा र देवेन्द्र वर्तौलाले कार्यक्रमकाे सफलताकाे लागि शुभकामना मन्तव्य व्यक्त गर्दै संघलाई अझ सशक्त, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै लैजानु पर्नेमा जोड दिनु भएको थियो।

साधारणसभाको सञ्चालन निवर्तमान कोषाध्यक्ष दयानिधि अर्याल (DN) ले गर्नुभएको थियो। कार्यक्रममा संघको भावी कार्यदिशा समेटिएको स्वागत मन्तव्य तथा प्रगति प्रतिवेदन अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कार्यक्रम सञ्चालक स्वयंले प्रस्तुत गर्नुभएको थियो।

 

अधिवेशन अन्तर्गत गठित निर्वाचन मण्डलको संयोजकमा गजेन्द्र अधिकारी तथा सदस्यमा उद्योग संघका प्रशासनिक अधिकृत गोविन्द पौडेल रहनु भएको थियो।

 

उद्योग संघको सभाहल, भरतपुरमा आयोजित उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका क्रेट उत्पादक व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट