Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एक सेट नहारी न्यु डायमन्डले जित्यो टाइगर कपको उपाधि

एक सेट नहारी न्यु डायमन्डले जित्यो टाइगर कपको उपाधि

काठमाडाैं : न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताकोउपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो। न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो। लिग चरणमा पनि न्यु डायमन्डले पुलिसलाई सोझो सेटमा हराएको थियो।

टोलीले प्रतियोगिताभर कुनै सेट गुमाएन। उपाधिसँगै न्यु डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो। फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो। तेस्रो बनेको थाइल्यान्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो। न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले २६ हजार ६६६ रुपैयाँ पाइन्। सर्भर प्रतिभा माली, लिबेरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने। उनीहरूले जनही ११ हजार ६६६ हात पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट