Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट: बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हरायो

आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट: बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हरायो

काठमाडौं : आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आज बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हराएको छ । आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि  ९० रनको फराकिलो जित हात पारेको हो।

यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो। जसमा कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडे। कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०१  रन मात्र बनाउन सक्यो। उसलाई सस्तैमा समेट्न बङ्गलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिएका थिए। यसअघि स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमा अलआउट भएसँगै ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको थियो ।नेपालमा रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट