Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्टिक्स नेपाल ओटिटि प्लेटफर्म सार्वजनिक : टि–२० वर्ल्डकप माघ २४ देखि प्रत्यक्ष हेर्न पाइने

स्टिक्स नेपाल ओटिटि प्लेटफर्म सार्वजनिक : टि–२० वर्ल्डकप माघ २४ देखि प्रत्यक्ष हेर्न पाइने

काठमाडौं : नेपालमा पहिलोपटक खेलकुदमै केन्द्रित डिजिटल प्लेटफर्म स्टिक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रविधि र खेलकुदलाई एउटै प्लेटफर्ममा जोड्दै नेपाली दर्शकहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।

स्टिक्स नेपाल मार्फत अब विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामध्ये एक टि–२० वर्ल्डकप नेपालभर प्रत्यक्ष प्रसारण हुने भएको छ। माघ २४ गते फेब्रुअरी ७ बाट सुरु हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू दर्शकहरूले मोबाइल, ट्याब्लेट तथा विभिन्न स्मार्ट डिभाइसमार्फत सजिलै हेर्न सक्नेछन्।

लामो समयदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रत्यक्ष हेर्न वैकल्पिक माध्यम खोज्दै आएका नेपाली खेलप्रेमीहरूका लागि यो प्लेटफर्म महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ। स्टिक्स नेपालले घरमै बसेर वा यात्रा गर्दा पनि विश्वस्तरीय क्रिकेटको अनुभव लिन सकिने वातावरण बनाउने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट