Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।
निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा महाप्रबन्धक छनोट रोक्न माग गर्दै सर्वोच्च अदालतमा चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि माघ ४ गते १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो।

निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वारचन, ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल, उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत सर्ट लिष्टमा छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट