Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन प्रहरीको सफलता : रत्ननगरकी सुकमाया देवी तामाङ हत्याकाण्डा प्रकरण, ५ जना पक्राउ

चितवन प्रहरीको सफलता : रत्ननगरकी सुकमाया देवी तामाङ हत्याकाण्डा प्रकरण, ५ जना पक्राउ

भरतपुर : चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ६३ वर्षीय सुकमाया देवी तामाङको हत्यामा संकग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेका अभियुक्तहरूमा बाराजितपुर सिमरा उप–महानगरपालिका–२२ का ४६ वर्षीय मोटे भन्ने शुक्रबहादुर भोलन, सोही स्थानका ४२ वर्षीय सूर्यमान वाइवा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ का स्थाई घर भएका हाल चितवनको रत्ननगर नगरपालिका ४ सिनेमारोड बस्ने ३१ वर्षीय मिलन भन्ने कौ बहादुर गुरुङ तथा मकवानपुर थाहा नगरपालिका–१२ का ४७ वर्षीय हिरा बहादुर स्याङ्तान रहेका छन्।

हल्या आरोपीहरुलाई आज पत्रकार सम्मलन गरि सार्वजनिक गरिएको छ ।

सुकमायाको गत पुस २६ गते आफ्नै घरमा हात खुट्टा वाधेर हत्या गरिएको अवस्था प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट