Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

भोजपुरl : माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ।भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो। भोजपुरको साल्पासिलिछो गाउँपालिका– ६ उनको स्थायी बासस्थान रहेको छ।नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट