Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाँच विमानस्थल बन्द, तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट

पाँच विमानस्थल बन्द, तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौ : बिहीबार खराब मौसमका कारण पाँच विमानस्थल बन्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल बन्द छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बिहान तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्। एयर अरेबिया र फ्लाइङ दुबई लखनउ डाइभर्ट भएका हुन भने जजिरा दिल्ली डाइभर्ट भएको हो।

त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल खुला छ भने आन्तरिक उडान भने हुन सकेका छैनन् । केही बेरअघि अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज ल्यान्ड भएको छ ।

यद्यपी अहिले काठमाडौं उपत्यकामा घाम लागेकाले आन्तरिक उडान पनि खुल्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट