Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बङ्गलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट

बङ्गलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट


काठमाडौं : बङ्गलादेश र नेदरल्यान्ड्सले आगामी महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गरेका छन्।आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत सुपर सिक्समा बङ्गलादेशले थाइल्यान्ड र नेदरल्यान्ड्सले अमेरिकालाई हराएर इङ्ग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ तारिखसम्म हुने महिला टी–२० विश्वकपमा स्थान बनाएका हुन्। 

विश्वकपमा आयोजक इङ्ग्ल्यान्डसहित अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलङ्काले पनि खेल्ने पक्का भइसकेको छ। नेपालमा भइरहेको ग्लोबल छनोटबाट चार टिम विश्वकपमा पुग्ने प्रावधान रहेको छ।

अब आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका र थाइल्यान्डले बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्। सुपर सिक्समा बङ्गलादेश र नेदरल्यान्ड्सले सर्वाधिक छ–छ अङ्क बनाएका छन्। मूलपानी क्रिकेट मैदानम बुधबार बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो। बङ्गलादेशको यो लगातार पाँचौँ जित भएको छ। 

त्रिवि व्रिmकेट मैदानमा नेदरल्यान्ड्सले बुधबार अमेरिकालाई डकवर्थ लुइसको नियम अनुसार २१ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको अमेरिकाले सात विकेटको क्षतिमा १२७ रनको सामान्य स्कोर तयार पारेको थियो। 

नेदरल्यान्ड्सले १२ ओभरमा दुई विकेटको क्षतिमा ९० रन बनाएपछि पानीले खेल रोकिएको थियो। त्यसपछि नेदरल्यान्ड्स डकवर्थ लुइसको आधारमा विजयी भयो। समूह चरणमा चारै खेल जितेको नेदरल्यान्ड्स पनि प्रतियोगितामा अपराजित छ। सो खेलमा १२ बलमा २८ रन बनाउनुका साथै १९ रनमा एक विकेट लिने नेदरल्यान्ड्सकी अलराउन्डर हथर सिगर्स प्लेअर अफ दी म्याच घोषित भइन्। 

त्रिवि क्रिकेट मैदानमा बुधबारै भएको पहिलो खेमला स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले हराएर विश्वकपमा चयन हुने सम्भावना बलियो बनाएको छ। स्कटल्यान्ड चार अङ्कका सात तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट