Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रवि लामिछाने त्रिवि शिक्षण अस्पताल भर्ना

रवि लामिछाने त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो ।

उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए । उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।

चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ । चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने स्वकीय सचिव आचार्यले बताए । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij