Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान नौ बजे सुरू हुनेछ।  सुपर सिक्स चरणमा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवस्यक छ। यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन। 

समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ।यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्‍यो र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हरायो भने नेपालको सुपर सिक्स सम्भावना केही बलियो हुनेछ। तर यस अवस्थामा पनि राम्रो नेट रन रेट अपरिहार्य हुनेछ। 

यता नेपालले स्कटल्यान्डमाथि विजय हासिल गर्दा थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएमा नेपाल र स्कटल्यान्ड दुवैको समान ४ अंक हुनेछ।त्यस परिस्थितिमा पनि छनोटको टुंगो नेट रन रेटकै आधारमा लाग्नेछ। हाल स्कटल्यान्डको रन रेट नेपालभन्दा बलियो रहेकाले नेपाली टोलीलाई ठूलो अन्तरको जित आवश्यक पर्नेछ। 

तर नेपाल स्कटल्यान्डसँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। त्यस्तो अवस्थामा स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्स यसअघि नै सुपर सिक्समा पुगिसकेको टोली हो।थाइल्यान्ड र नेदरल्यान्ड्ससँग लगातार दुई खेलमा पराजित भएको नेपालले जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।

समूह बीको दोस्रो स्थानमा रहेको स्कटिस टोलीले नेदरल्यान्ड्संग हार बेहोर्दा प्रतियोगिताको सुरुवात गरे पनि त्यसपछि जिम्बाब्वे र थाइल्यान्डलाई पराजित गरेको थियो। आईसीसी महिला टी(२० अन्तर्राष्ट्रिय वरियतामा स्कटल्यान्ड ११औं स्थानमा रहँदा नेपाल २१औं स्थानमा छ प्रतियोगिताअघि सम्पन्न अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट