Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सरकारले निर्वाचनमा जाने वातावरण बनाएन : विप्लव

सरकारले निर्वाचनमा जाने वातावरण बनाएन : विप्लव

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन्।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षड्‌यन्त्र गरेको आरोप लगाए।

काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी देखाएको उनको भनाइ छ। राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए।

यो सबै साम्राज्यवादको इसारामा दलाल शक्तिहरूले चालेको षड्यन्त्र भएको उनको दाबी छ। विप्लवले भने, ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने वातावरण बनाएन। नेकपा माओवादी सर्लक्क जाने वातावरण बनायो त ? हामी पार्टी दर्ता गर्दैछौँ तर हाम्रो कम्युनमा किन गएको ? सुशीलाको सरकार बोल्नु पर्दैन। पुलिसलाई हाम्रो कम्युनमा किन पठाएको? यो साम्राज्यवादको इसारामा दलालहरूले चालेको षड्‌यन्त्र होइन यो?’

उनले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहे पनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको बताए। उनले निर्वाचन र आन्दोलन दुबैको माध्यमबाट आफूहरूको रणनीति रहेको उल्लेख गरे। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट