Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चुनावी मैदानमा खेलकर्मी

चुनावी मैदानमा खेलकर्मी

 

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको माहोल तातेका बेला खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन। आगामी चुनावका लागि सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन्। जेनजी आन्दोलनपछि गठित सरकारले नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिएका छन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराए। नेपाली कांग्रेसका चन्दले बैतडीबाट चुनाव लड्ने छन्। उनाँले देशले परिवर्तन खोजेको समय हो र जनताले नयाँ नेतृत्व खोजेको बताए।  यसै गरी बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा जिल्लाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्ने भएका छन। 

नेपाली कम्युनिस्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी तथा युवा नेता अजयलाई प्रतिनिध सभा चुनावका लागि उम्मेदवार बनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समानुपातिक उम्मेदवार बनाएको छ। उनी आदिवासी जनजातितर्फ पाँचौँ नम्बरमा छन्। उनले पछिल्लो समय राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी समाल्दै आएका छन्। मल्लले यस विषयमा आफ्नो धारणा पत्रकार सम्मेलन गरेर नै सबैलाई दिने बताए। 

क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिनाले नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका छन्।छिमेकी देश भारतमै क्रिकेटर सचिन तेन्दुल्कर, नवजोत सिंह सिद्दु, मोहम्मद अजहरुद्दिन, गौतम गम्भीर, मन्सुर अली खान, कीर्ति आजाद, मनोज तिवारी र मोहम्मद कैफ जस्ता खेलाडी आफ्नो लोकप्रियताको फाइदा उठाउँदै राजनीतिमा पनि सक्रिय बनेका थिए।

यसै गरी बेलायतका धावक सेवास्टिन को, लाइबेरियाका फुटबल खेलाडी जर्ज वेले, रुसी चेस खेलाडी गेरी कास्पारोभ, फिलिपिन्सका स्टार मुक्केवाज मेनी पाक्वियो पनि खेलाडी जीवनपछि राजनीतिमा सफल व्यक्तिका रूपमा चर्चित छन्। पछिल्लो पटक पाकिस्तानको प्रधानमन्त्रीबाट हटाइएका इमरान खान खेलकुदबाट राजनीनभिमा आएका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट