Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा–४ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा–४ बाट प्रतिनिधिसभा उम्मेदवार

काठमाडौँ : नेपाल प्रहरी संगठनका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएका छन्। उनले फागुन २१ गते हुने निर्वाचनका लागि बारा–४ बाट उम्मेदवारी दर्ता गरेका छन्।

पूर्वआईजीपी खनाल पछिल्लो समय पूर्ण रूपमा राजनीतिमा सक्रिय छन्। चुनावी तयारीको क्रममा उनले सिमरामा घर भाडामा लिएर बसोबासको केन्द्र बनाएर गाउँ–टोलमा जेनजी र युवासँग संवादलाई प्राथमिकता दिइरहेका छन्।

खनालका अनुसार, युवाले उठाएका मुद्दा — रोजगारी, अवसर, पारदर्शिता र भविष्य — केवल युवाको मात्र नभई आम नागरिकको साझा भावना हो। यसैका लागि उनले आफ्नै नेतृत्वमा गठन गरेको ‘समुन्नत नेपाल पार्टी’ बाट चुनावी मैदानमा होमिएका हुन्।

उनको चुनाव चिन्ह ‘बाँसुरी’ छ। गृहजिल्ला तनहुँ छोडेर बारा–४ रोज्ने निर्णय खनालले आफ्नो प्रहरी सेवा अवधिमा बाराका जनताका लागि गरेको योगदानको सम्मानका लागि भएको बताए।

बारा–४ क्षेत्रमा करिब १ लाख ७ हजार मतदाता रहेका छन्। २०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका थिए। यसपटक खनालले आफ्नो राजनीतिक विश्वसनीयता र नयाँ पार्टीको भविष्य परीक्षण गर्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट