Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाले झापाका पाँचै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्यायो, क्षेत्र–५ बाट बालेन शाह मैदानमा

रास्वपाले झापाका पाँचै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्यायो, क्षेत्र–५ बाट बालेन शाह मैदानमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ। पार्टीले झापा प्रतिनिधिसभा क्षेत्र–१ मा निशा डाँगी, क्षेत्र–२ मा इन्दिरा राना, क्षेत्र–३ मा प्रकाश पाठक, क्षेत्र–४ मा शम्भु ढकाल र क्षेत्र–५ मा बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाएको हो।

झापा–५ बाट उम्मेदवारी दिएका बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन्। उनी रास्वपाका वरिष्ठ नेतासमेत हुन्।

क्षेत्र–२ की उम्मेदवार इन्दिरा राना निवर्तमान उपसभामुख हुन् भने क्षेत्र–१ की निशा डाँगी यसअघि समानुपातिक सांसद रहिसकेकी छन्। क्षेत्र–३ का उम्मेदवार प्रकाश पाठक रास्वपा झापाका जिल्ला सभापति हुन्। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए।

त्यस्तै, क्षेत्र–४ का उम्मेदवार शम्भु ढकाल रास्वपा झापाका जिल्ला सचिव हुन्।

रास्वपा झापाका जिल्ला सभापति प्रकाश पाठकका अनुसार पार्टीले झापाका सबै क्षेत्रको उम्मेदवारी टुंग्याइसकेको छ। “झापाको पाँचै क्षेत्रको उम्मेदवार टुंगिएको छ। बालेन पनि झापाबाटै चुनाव लड्न आउँदै हुनुहुन्छ,” उनले भने।

झापा–५ मा बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने बताइएको छ, जसका कारण उक्त क्षेत्र देशभर चासोको केन्द्र बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट