काठमाडौँ : नेकपा एमालेले शनिबार अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउँदा केही क्षेत्र बाँकी नै राखेको छ । कसैसँग चुनावी तालमेल नगर्ने बताएको एमालेले रणनीतिक हिसाबले केही क्षेत्रका उम्मेदवार खाली राखेर सम्भावित तालमेलको बाटो खुलै राखेको हो ।
एमालेले खाली राखेका क्षेत्रहरू हेर्दा रुकुम पूर्व, झापा ३ र सर्लाही ४ मा सम्भावित चुनावी तालमेल गर्ने सम्भावना रहेको देखिन्छ । रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
त्यस्तै, झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पनि एमालेले उम्मेदवार टुङ्ग्याइसकेको छैन । त्यस्तै सर्लाही ४ यसअघि स्वतन्त्र उम्मेदवार बनेका अमरेशकुमार सिंहले निर्वाचन जितेका थिए । त्यहाँ पनि एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छैन । त्यहाँ पनि यसपटक सिंह रास्वपाबाट सर्लाही ४ मा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
सर्लाही १ र २ मा पनि एमालेले उम्मेदवार टुङ्ग्याएको छैन । यसअघि सर्लाहीका १ र २ मा लोसपाका रामप्रकाश चौधरी र तत्कालीन माओवादीबाट महिन्द्र राय यादव निर्वाचित भएका थिए । नेकपाबाट सर्लाही ४ अभिषेक यादव उम्मेदवार बनेका छन् । त्यस्तै, एमालेले पर्सा १ र २ पनि खाली नै राखेको छ । ती क्षेत्रमा एमाले र जसपाबिच चुनावी तालमेल हुनसक्ने कतिपय नेताहरूले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij