Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

थाइल्याण्डविरुद्ध टस हारेको नेपाल ब्याटिङमा

थाइल्याण्डविरुद्ध टस हारेको नेपाल ब्याटिङमा

काठमाडौं :  आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आज सुरु भएको छ।पहिलो खेलमा अहिले नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपाल टस हारेर पहिले ब्याटिङमा आएको छ।

प्रतियोगिताको वार्म अपमा नेपाल स्कटल्यान्ड र आयरल्यान्डसँग पराजित भएको थियो। अमेरिकासँग भएको दुई अभ्यास खेलमा भने नेपालले एकमा जित र एकमा हार बेहोरेको थियो।ग्लोबल छनोटको समूह ‘बी’ मा नेपालले नेदरल्यान्ड्स स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वेसँग खेल्ने छ। आज थाइल्यान्डसँग खेलेपछि नेपालले जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बाब्वे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्नेछ।

समूह ‘ए’मा बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुआ न्युगिनी र अमेरिका छन्। यस प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा चयन हुने छन्।

आगामी विश्वकप इङ्ग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ तारिखसम्म हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को आयोजनामा हुने लागेको यो प्रतियोगिताका खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला किर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट