Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै,नेपालले थाइल्यान्डसँग खेल्दे

महिला टी–२० विश्वकप ग्लोबल छनोट आज देखि सुरु हुदै,नेपालले थाइल्यान्डसँग खेल्दे

काठमाडौ : आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ। नेपालले पहिलो दिन थाइल्यान्डसँग खेलेर विश्वकपमा चयनका लागि अन्तिम अवसरका रूपमा रहेको यस प्रतियोगितामा सुरुवात गर्ने छ। खेल विहान ९ बजे सुरु हुनेछ। 

नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा विश्वकप छनोट जस्तो ठुलो प्रतियोगिता भएकाले आफ्नो टिम उत्साहित रहेको बताइन्। उनले भनिन्, “१८ वर्षपछि यो अवसर मिलेको छ । घरेलु मैदानमा मी राम्रो खेल्ने छौँ । टिम मानसिक रूपमा बलियो पनि छ।”

नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै आइसिसीको ठुलो प्रतियोगिता हो। प्रतियोगितामा विश्व महिला क्रिकेटका ठूला टिम पनि छन्। कप्तान इन्दुले भनिन् “ठूला टिमसँग खेल्ने अवसर मिलेको छ।

नेपालमा अहिलेसम्मकै ठूलो प्रतियोगिता हुँदै छ। त्यसैले पनि यो प्रतियोगिता नेपाली महिला क्रिकेटको टर्निङ प्वाइन्ट हो। उाका अनुसार यस प्रतियोगितामा राम्रो गर्न सकेमा महिला क्रिकेटलाई राम्रो हुने छ र आगामी पुस्ताका लागि पनि राम्रो बाटो बन्ने छ। कप्तान इन्दु यस घरेलु मैदानमा हुन लागेको यस ठुलो मञ्चमा खेल्ने अवसरलाई त्यसै जान नदिने बताउछिन्।

यस प्रतियोगिताको वार्म अपमा नेपाल स्कटल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो। अमेरिकासँग भएको दुई अभ्यास खेलमा भने नेपालले एकमा जित र एकमा हार बेहोरेको थियो। ग्लोबल छनोटको समूह ‘बी’ मा नेपालले नेदरल्यान्ड्स स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वेसँग खेल्ने छ।

थाइल्यान्डसँग खेलेपछि नेपालले जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बाब्वे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने छ।

समूह एमा बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुआ न्युगिनी र अमेरिका रहेका छन् । यस प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा चयन हुने छन् । आगामी विश्वकप इङ्ग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ तारिखसम्म हुँदै छ।

नेपालले गत जेठमा थाइल्यान्डमा भएको एसिया छनोट पारेर गरेर नेपालले महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा हुने लागेको यो प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा हुँनेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट