Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साफ फुटसल च्याम्पियनशिप : महिलातर्फ भारतसँग नेपालको फराकिलो हार

साफ फुटसल च्याम्पियनशिप : महिलातर्फ भारतसँग नेपालको फराकिलो हार

 काठमाडौँ : साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपाल भारतसँग पराजित भएको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपाल भारतसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

यसअघि महिलातर्फ नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । अब नेपालले पर्सि आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

यस्तै पुरुषतर्फ नेपालले एक खेल जितेको छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हराएको हो । नेपालले भोलि भारतसँग खेल्दैछ ।दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश ९नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड० बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट