यो निर्णय २१ जनवरीदेखि ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन, दक्षिण एशिया, अफ्रिका र मध्यपूर्वका देशहरुमा लागू हुनेछ।यसले ती व्यक्तिहरुलाई मात्रै असर गर्नेछ, जो स्थायी रुपमा अमेरिका गएर बसोबास गर्न चाहन्छन्। पर्यटन भिसा वा छोटो अवधिको भिसाका लागि यसले असर गर्नेछैन।
अमेरिकी जनताका लागि ल्याइएका लोककल्याणकारी सुविधाको दुरुपयोग गरेको भन्दै उनीहरुमाथि रोक लगाइएको हो। यस विषयमा पुनर्मुल्याङकन गरिने विदेश विभागले जनाएको छ।
‘अमेरिकी जनताको धन निकाल्न खोज्नेलाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ,’ विभागले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘७५ देशहरुबाट आप्रवासी भिसा प्रक्रियालाई रोकिनेछ । लोककल्याण र सार्वजनिक सुविधाहरु लिन चाहने विदेशी नागरिकहरुको प्रवेश रोक्नका लागि विदेश विभागले आप्रवासन प्रक्रियाहरुको पुनर्मुल्यांकन गर्दैछ।'
विदेश विभागका अनुसार प्रभावित देशका मानिसले पनि अझै आप्रवासन भिसाका लागि आवेदन दिनसक्छन्। तर स्थगन अवधिसम्म कुनै पनि भिसा स्विकृत हुने वा जारी हुने छैन।
यसअघि गत सोमबार विदेश विभागले सन् २०२५ मा १ लाखभन्दा धेरै मानिसको भिसा खारेज गरिएको जनाएको थियो।
यसमा ओभरस्टे गर्ने पर्यटक, आपराधिक कार्यमा सहभागि मानिस, मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्तिलगायत थिए। पर्यटक, विद्यार्थी र विशिष्टकृत कामदारको भिसा रद्द गरिएको थियो।V
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij