काठमाडौँ : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन्। सोमबार सम्पन्न २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि उनलाई अध्यक्ष निर्वाचित गरेको हो।
मतगणनामा एन्ड्रयुले ३४१ मत प्राप्त गर्दै विजय प्राप्त गरे भने उनका प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत पाएका थिए। साथै, प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन्।
उपाध्यक्ष र कोषाध्यक्ष पदमा एन्ड्रयु समूह विजयी भए भने महासचिव र केही सहसचिव पदमा भुसाल प्यानलका उम्मेदवार सफल भएका छन्।
सदस्यमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिम्सिना विजयी भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij