Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्ष ‘पर्ख र हेर’ रणनीतिमा

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्ष ‘पर्ख र हेर’ रणनीतिमा

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी रहँदा पार्टीको संस्थापन पक्षले ‘पर्ख र हेर’ रणनीति अपनाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा महाधिवेशन अघि बढिरहेको अवस्थामा संस्थापन पक्षले सोमबारदेखि सुरु हुने बन्द सत्रका निर्णयपछि मात्रै आफ्ना आगामी कदम तय गर्ने तयारी गरेको हो।

विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेका बेला आइतबार साँझ संस्थापन पक्षका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए। उनीहरू सभापति देउवासँग भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए, जहाँ महाधिवेशनपछि पार्टीले लिन सक्ने राजनीतिक तथा संगठनात्मक दिशाबारे विचार–विमर्श भएको बताइएको छ।

रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिसँग छलफल भए पनि हालसम्म कुनै ठोस रणनीति तय नभएको स्पष्ट पारे। उनले भने, “हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय गरिएको छैन। बन्द सत्र कसरी अगाडि बढ्छ र के निर्णय लिन्छ, त्यसैका आधारमा हामीले पनि कदम चाल्नेछौँ।”

प्रवक्ता महतले संस्थापन पक्ष कानुनी रूपमा बलियो अवस्थामा रहेको दाबीसमेत गरे। “यस्ता गतिविधि नहुने हो भने राम्रो हुन्थ्यो। अब विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यसअनुसार हाम्रो निर्णय आउनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij