Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि जुलुस निकाल्दै

कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि जुलुस निकाल्दै

 काठमाडौँ :  नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij