Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमन्डलाई

राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमन्डलाई

काठमाडौँ : नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–२२, दोश्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले जित्यो । पुलिसले तेश्रो सेट २५–१५ ले जित्यो ।

यसअघि आजै तेश्रो स्थानका लागि भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–१३, २५–२३ र २५–१८ ले जित्यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । चार वटा टोली सहभागी प्रतियोगिताको विजेता न्यु डायमन्डले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेता पुलिसले २ लाख ५० हजार, तेस्रो भएको एपीएफले १ लाख २५ हजार र चौथो भएको आर्मीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट