Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नाउपाका प्रदेश सांसद र एमाले पूर्वकेन्द्रीय सदस्य उज्यालो नेपाल प्रवेश

नाउपाका प्रदेश सांसद र एमाले पूर्वकेन्द्रीय सदस्य उज्यालो नेपाल प्रवेश

काठमाडौँ :  नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) प्रवेश गरेका छन् ।

चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । नेकपा माओवादी पूर्वसांसद ठम्मर विष्ट पनि उज्यालो पार्टीमा प्रवेश गरेका छन् । चौधरी र विष्ट शनिबार उज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् । सुर्खेत घर भएका विष्ट एमालेका मनोनित पूर्वकेन्द्रीय थिए, हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए  । 

शनिबारै अभियन्ता डा.नरबहादुर कार्की पनि उनेपा प्रवेश गरेका छन् । उनीहरूलाई नवनियुक्त पार्टी अध्यक्ष घिसिङले पार्टीमा स्वागत गरेका थिए, तीनै जनालाई उनेपाले केन्द्रीय सदस्य बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij