Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्‍यो: कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्‍यो: कुलमान घिसिङ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकता रास्वपाको एकतर्फी निर्णयले भंग भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका कुलमान घिसिङले शनिबार पत्रकार सम्मेलनमा एकतर्फी रुपमा एकता तोडिएको आरोप लगाउँदै आफ्नो प्रतिक्रिया दिएका छन्।

घिसिङले भने, “रास्वपाले १२ दिनपछि एकतर्फी रुपमा एकता नगर्ने निर्णय गरेर पार्टी एकता भंग गरेको छ। हामी अत्यन्तै लचक भएको अवस्थामा संघीयता, समावेशीता र साथीहरूको समायोजनका विषयमा कुरा गरेका थियौँ, तर सहमति हुन सकेन।”

उक्त घटनापछि घिसिङले देशभर आफ्ना उम्मेदवार उठाउने तयारीमा रहेको जानकारी दिए। उनले सञ्चारमाध्यममा आएको ‘पदको बार्गेनिङ’ सम्बन्धी समाचारलाई असत्य भएको दाबी गर्दै, आफू साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताए।

घिसिङले थप भने, “हाम्रा साथीहरूले कुनै ठूलो माग राखेका थिएनन्। सञ्चारमाध्यममा पदको ठूलो बार्गेनिङ गरिएको जस्तो आएको कुरा गलत हो। म आफैं उपाध्यक्ष भए पनि धेरै तल वरियता भएर सहेर आएको थिएँ। साधारण सदस्य भएर बस्न तयार छु।”

घिसिङको यस कदमले उज्यालो नेपाल पार्टी र रास्वपाबीचको राजनीतिक समीकरणमा नयाँ मोड ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij