Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ड्यामसाइडमा काम गर्ने मजदुर स्काभेटर–टिपर बीचमा च्यापिएर मृत्यु, प्रहरीको अनुसन्धान जारी

ड्यामसाइडमा काम गर्ने मजदुर स्काभेटर–टिपर बीचमा च्यापिएर मृत्यु, प्रहरीको अनुसन्धान जारी

तनहुँ: तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्दै गरेका मजदुर महेन्द्र थापा (२५) स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएका छन्। प्रहरीले घटनाबारे जानकारी दिंदै मृतक व्यास नगरपालिका–५ का रहेको बताए।

प्रहरीका अनुसार, कालिका कन्ट्रक्सन कम्पनीको EX ०६६ नम्बरको स्काभेटर र बा प्र ०६–००१ क ०२५१ नम्बरको टिपर काम गरिरहेको अवस्थामा अचानक दुर्घटना हुँदा महेन्द्र गम्भीर घाइते भएका थिए। उनलाई दमौलीस्थित रत्नहरी अस्पताल लगिएको थियो, तर उपचारका क्रममा गएराति निधन भएको छ।

स्काभेटर चालक विशाल थारु (२२) र टिपर चालक जीवनकुमार गोले (३३) लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाकाे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट