काठमाडौँ : आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल हुने भएको छ। यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई समेत समेटेर तालमेल गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि नेकपा बाहिरिएको छ।
कांग्रेसका नेता रमेश लेखकका अनुसार नेकपासँग पनि सहकार्यका लागि संवाद भएको थियो तर अन्तिम चरणमा कुरा नमिलेपछि तीन दलबीच मात्रै तालमेल हुने निश्चित भएको हो।
“नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास गरिएको थियो। तर उहाँहरूसँग सहमति हुन सकेन। अब कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल हुने पक्का भएको छ,” लेखकले बुधबार रातोपाटीसँग भने।
तालमेलअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिने सहमति भएको छ। साथै, सिटको क्लस्टरसमेत टुंगिएको नेता लेखकले जानकारी दिए।
यसैबीच, जसपा नेपालबाट महन्थ ठाकुरलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णयसमेत भइसकेको नेताहरूले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij