काठमाडौँ : नेपाली कांग्रेसले तालमेल गरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ । माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा हुने निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन् ।
दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार कांग्रेस/एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने करिब सहमति बनेको छ । तर, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी रहेको नेता लेखकले केही रातोपाटीलाई बताएका थिए ।
कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे पुनः बस्ने पौडेल बताए । आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij