काठमाडौँ : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
यसअनुसार भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु, उद्योगमन्त्रीमा इस्राइल मन्सुरी, आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार, यस पुनर्गठनले प्रदेश सरकारको कार्यक्षमता सुधार्ने र मन्त्रीहरूबीच समन्वय मजबुत बनाउने उद्देश्य राखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij