Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चीनको चेतावनी: सार्वभौम राष्ट्रविरुद्ध बल प्रयोग संयुक्त राष्ट्रसंघ चार्टरको उल्लंघन

चीनको चेतावनी: सार्वभौम राष्ट्रविरुद्ध बल प्रयोग संयुक्त राष्ट्रसंघ चार्टरको उल्लंघन

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले जबरजस्ती रूपमा गिरफ्तार गरेको घटनाप्रति चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङस्थित नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै उक्त घटनाले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको गम्भीर उल्लंघन गरेको बताएका छन्। चीनले अमेरिकालाई मादुरो दम्पतीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त तथा तुरुन्त रिहा गर्न आग्रह गरेको छ।

चिनियाँ पक्षका अनुसार कुनै सार्वभौम राष्ट्रविरुद्ध बल प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको चार्टरविपरीत मात्र होइन, यसले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्ति, स्थिरता र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्छ।

यस विषयमा थप प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले भने,
‘कुनै पनि देश विश्वको प्रहरी वा न्यायाधीश बन्न सक्दैन।’

उनले अमेरिकाको कदमलाई ‘एकतर्फी दादागिरी’ को संज्ञा दिँदै कुनै देशले आफ्नो इच्छा अर्को देशमाथि थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको ठाडो उल्लंघन भएको स्पष्ट पारे।

चीनले सबै देशलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको सम्मान गर्न तथा कूटनीतिक संवादमार्फत विवाद समाधान गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट