काठमाडौँ : राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारुी दिए। उनका अनुसार निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायत दलसँग छलफल भइरहेको बताएका छन्। कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा औपचारिक निर्णय हुनेछ।
अहिले राष्ट्रिय सभामा कांग्रेसको सबैभन्दा बढी मतभार छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij