Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव

मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताएका छन् । मुख्यमन्त्री यादवले साेमबार एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताए।

उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा राखे । हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताए ।

धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ । प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले शान्तिसुरक्षाको अवस्था थप सुदृढ बनाइने उल्लेख गरे । साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिए।

मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैँ संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट