Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ : महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो। 

दिउँसो १ बजे बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा अगाडी बढेपछि कांग्रेसमा तनाव बढेको छ। 

शुक्रबार पार्टीले कार्यसम्पादन समितिको बैठकबाट १५ औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने तालिकासहितको बैठक राखेको थियो । महामन्त्रीहरूको विशेष र संस्थापनको नियमितको अलगअलग कार्यतालिकाको प्रस्तावले कांग्रेसमा तनाव बढ्दै गएको छ। विशेष महाधिवेशन गर्न पक्षधरले यही पुस २७ र २८ को लागि भृकुटीमण्डपमा हलसमेत बुक गराइसकेका छन् । 

सभापति शेरबहादुर देउवाले यो बीचमा कार्यवाहक सभापति तथा निकट नेताहरूसँग पटक-पटक छलफल गरेका छन्। उनले हिजो पनि आफूनिकट पदाधिकारी, पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट