Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अध्यक्ष चन्द्र ढकालले सहज व्यवसायिक वातावरण नबनेसम्म आर्थिक गतिविधि सक्रिय नहुने बताए

अध्यक्ष चन्द्र ढकालले सहज व्यवसायिक वातावरण नबनेसम्म आर्थिक गतिविधि सक्रिय नहुने बताए

चितवन : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज व्यवसायिक वातावरण नबनेसम्म देशको आर्थिक गतिविधि थप सक्रिय नहुने चेतावनी दिएका छन्।

शनिबार चितवनमा आयोजित उद्योग वाणिज्य संघ चितवनको ५९औँ साधारण सभामा अध्यक्ष ढकालले उद्योगी–व्यवसायीमाथि अझै पनि दृष्टिकोण सकारात्मक नभएको र सहज व्यवसायिक वातावरणको आवश्यकता औँल्याए।

IMG_0059.jpg
undefined

उनीँले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको ठूलो आक्रमणको उदाहरण दिँदै त्यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याए आगामी दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिए। अध्यक्ष ढकालले निजी क्षेत्रको उद्योग प्रतिष्ठानमाथि आक्रमण हुन नदिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता स्मरण गर्दै सरकारले यस क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले संघले उद्योगी–व्यवसायीको हकहितका लागि निरन्तर क्रियाशील भएर काम गरिरहेको बताए। साथै उनले संघले उद्योगी व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए।

साधारण सभामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सभा–अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने निर्णय पनि गरेको छ।

IMG_0068.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट