Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चौतर्फी आलोचनापछि चन्द्र ढकालका छोराले समानुपातिक सूचीबाट फिर्ता लिए आफ्नो नाम

चौतर्फी आलोचनापछि चन्द्र ढकालका छोराले समानुपातिक सूचीबाट फिर्ता लिए आफ्नो नाम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फको बन्दसूचीमा परेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी आलोचनापछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन्

ढकालले फेसबुकमा लेखेका छन्- ‘उद्यमशीलताको प्रवर्द्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरेरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

एफसी चितवनका अध्यक्ष समेत रहेका उनले अगाडि लेखेका छन्- ‘तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’

युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । सचिन आफैं पनि खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । उनि युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका थिए ।

रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका ढकालसहित केहीको नाममा विवाद भएपछि यसअघि गायिका त्रिशला गुरुङ र चर्चित होस्ट आशिफ शेखलगायतले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट