काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई सोधपुछका लागि बोलाउने जानकारी दिएका छन्।
अध्यक्ष कार्कीले पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया भने सकिसकेको बताएका छन्। एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउँदा उनी उपस्थित नभए के हुन्छ भन्ने प्रश्नको जवाफमा उनले ‘भोलिको कुरा भोलि नै हुने’ भनी संक्षिप्त प्रतिक्रिया दिएका छन्।
कार्कीले आयोगलाई थप गरिएको पछिल्लो म्यादभित्रै अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउने दाबी पनि गरेका छन्। आयोगले भदौमा भएको आन्दोलन र त्यस क्रममा घटेका घटनासँग सम्बन्धित विभिन्न राजनीतिक दलका नेता र सरोकारवालाबाट बयान लिने कार्यलाई तीव्रता दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij