Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ


जनकपुरधाम : मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 
मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट