भरतपुर :फेन्सी व्यवसायी संघ चितवनको ३७ औं वार्षिक साधारणसभा सोमबार पदमपुर स्थित भिमवली सामुदायिक बनको पिकनिक स्थलमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । फेन्सी व्यवसायी संघ चितवनका सचिव विपिन रिजालले संचालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गुर्न भएको थियो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुवेदी, उपाध्यक्षहरु राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, पुर्व उपाध्यक्ष सिरिष पन्त, पुर्व सदस्य लोक बहादुर रानाभाट, गुणराज पौडेल, जनक पौडेल, शंकर प्रसाद घिमिरे, राजन पिया, फेन्सी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष शंकर प्रसाद घिमिरे, सल्लाहकार हेमराज पौडेल, फेन्सी साकोसका सचिव निरज न्यौपाने, पोखरा फेन्सी व्यवसायी संघका निवर्तमान अध्यक्ष एकनारायण पनेरु, वरिष्ठ उपाध्यक्ष नारायणी दवाडी, विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष विष्णु प्रसाद चालिसे लगायतले बोल्नु भएको थियो ।
फेन्सी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक टंक प्रसाद सापकोटाले पहिले सत्रको समापन सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा फेन्सी व्यवसायी सिता रिमाल, पृथ्वी नारायण श्रेष्ठ, बिन्द प्रसाद गुप्ता, सुरज मुलाना मियालाई फेन्सी आदर्श नागरिक सम्मान प्रदान गरिएको थियो । सोहि अवसरमा लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटालाई समेत सम्मान गरिएको थियो ।
एसईई २०८१ मा उत्र्तीण फेन्सी व्यवसायीका छोराछोरीहरु मध्ये प्रमिसा सापकोटा, सदुप दवाडी, सिद्धान्त अर्याल, आर्यन शाक्य, स्वागत सापकोटा, विनिशा शाह, सुजल खत्री, अनुसा श्रेष्ठलाई सम्मान गरिएको थियो । साधारणसभामा अतिरिक्त क्रियाकलाप अन्तरगत तातो आलु र म्युजिकल चियर खेल खेलाईएको फेन्सी व्यवसायी संघ चितवका प्रवत्ता सन्तोष पोखरेलले जानकारी दिनु भयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij