Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

खालिदा जियाको निधनमा शेख हसिनाले के भनिन् ?

खालिदा जियाको निधनमा शेख हसिनाले के भनिन् ?

नयाँ दिल्ली : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियाको निधनमा समवेदना व्यक्त गरेकी छिन् ।
‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा र देशमा लोकतन्त्रको संघर्षमा उनको भूमिका महत्वपूर्ण थियो । देशमा उनको योगदान महत्वपूर्ण थियो र यसलाई सदैव स्मरण गरिनेछ ।’ शेख हसिनाले भनेकी छिन् ।

खालिदा जियाको निधन बंगलादेशी राजनीति र बंगलादेश राष्ट्रवादी पार्टीको नेतृत्वको लागि ठूलो क्षति भएको पनि बताइएको छ । शेख हसिनाले खालिदा जियाका छोरा तारिक रहमान र उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको मंगलबार ८० वर्षको उमेरमा निधन भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट