Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रवि र बालेनबिचको सहमतिपछि उज्यालो पार्टीका प्रवक्ताको प्रतिक्रिया– संवाद अझै जारी रहन्छ

रवि र बालेनबिचको सहमतिपछि उज्यालो पार्टीका प्रवक्ताको प्रतिक्रिया– संवाद अझै जारी रहन्छ

काठमाडौँ : उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबिच अझै संवादको ढोका खुला रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान रास्वपाका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे समझदारी हुँदा कुलमान छुटेपनि संवादको ढोका अझैँ खुला रहेको थापाले बताएका हुन् । 

आइतबार प्रतिक्रिया दिँदै उनले भने, ‘उज्यालो नेपाल पार्टी अझै पनि सहमति गरेर जाने पक्षमा छ । यसमा अझै बाटो खुलै छ । उज्यालो नेपाल निरन्तर संवाद जारी राख्ने पक्षमा छ ।’

उनले सहअस्तित्व स्थापित हुने गरी एकता गर्ने पक्षमा पार्टी सदैव आवश्यक सहकार्यका लागि तयार रहने पनि बताए । सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ छ । रास्वपा र कुलमानबिच एकताका लागि पटक पटक वार्ता भएको थियो । तर, वार्तामा सहमति नभएपछि रवि र बालेनबिचमात्रै सहमति भएको थियो । 

त्यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाले पनि अझैपनि वार्ता र संवादलाई जारी राख्दै उज्यालो पार्टी अगाडि बढ्ने प्रतिक्रिया दिए । उनले भने, ‘रवि–बालेन सम्झौतामा उज्यालो नेपाल पार्टी हाललाई नीतिगत र वैचारिक अस्पष्टताका कारण सहमत हुन सकेन । अब हामी आफ्नो हिसाबले अगाडि बढ्छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट