Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

काठमाडाैँ : अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए । उनले राप्रपाले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएको पनि बताए । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री सिन्हा, सञ्चारमन्त्री जगदशी खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल गत भदाै २३ र २४ जेनजी आन्दाेलनमा क्षतिग्रस्त दलका कार्यालयकाे अनुगमन समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट